आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्डको स्वागतमा यस्तो देखियो दिल्लीको सडक

बुधबार, १७ जेठ २०८०, १२ : २४
बुधबार, १७ जेठ २०८०

नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको स्वागत’मा दिल्लीका सडकहरु सजाइएको छ । ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स सडकहरुमा सजाइएका हुन् ।

प्रधानमन्त्रीको एकल र भारतीय समकक्षी मोदीसँगका छुट्टाछुट्टै तस्बिरहरु विमानस्थल, हैदराबाद हाउस, बाह्रखम्बा, अशोक रोडलगायतका प्रधानमन्त्रीको सवारीको रुटमा टाँगिएका छन् ।

 प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा आउँदै छन् ।  भारतीय र नेपाली पक्षले आवश्यक तयारी  पूरा भएको जनाएका छन् । प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 

delhi (1)

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ । 

delhi (3)

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री प्रचण्डलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच भारतका प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै  भारतीय बुद्धिजीवी र बिभिन्न दलका नेताहरुसँग पनि प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुनेछ । 

delhi (4)delhi (5)delhi (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप