‘नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई फसाइयो’

काठमाडौँ । भुटानी शरणार्थी सामुदायिक संस्थाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई नियाेजितरुप फसाइएको दाबी गरेका छन् । रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध रहेको उनीहरूले बताएका हुन् ।
रिजाललाई नक्कली भुटानी शरणार्थी बनाउने गैरकानुनी गिरोहमा संलग्न अपराधमा तानिएकोमा घोर आपत्ति जनाउँदै यस जघन्य कार्यले नेपालको छविलाई ध्वस्त पारेको र आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको उनीहरूले जिकिर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘भुटानी शरणार्थीहरूको नाम र अंशमा हुने अपराधको गम्भीरतालाई नियाल्दा, मानवअधिकारका लागि समर्पित अविभक्त र भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक श्री रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षड्यान्त्र गरेका हुन् । उहाँको छवि धमिलो पार्न, सबै दोषहरू उहाँ माथि थोपरेर र शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ । उनी नेपाल सरकारको दयामा बाँचिरहेका छन् र उनलाई अहिले सबैभन्दा बढी सहयोगको आवश्यकता छ ।‘
रिजालमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भुटानी शरणार्थी बनाएको अपराधको आरोप लगाउनु निन्दनीय रहेको उनीहरूको भनाई छ । रिजालको स्वास्थ्य नाजुक छ र भुटानी जेलबाट रिहा भएदेखि उनले मानसिक स्वास्थ्यसँग सङ्घर्ष गरिरहेको उनीहरूले बताएका छन् । ‘रिजाललाई प्रभावकारी रूपमा आफ्नो प्रतिनिधित्व गर्न वा उहाँ माथि लगाइएको भ्रष्टाचार आरोपको जटिल प्रकृतिलाई पूर्ण रूपमा बुझ्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन हामी तुरुन्त अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले रिजालको अविलम्ब रिहाइको माग पनि गरेका छन् ।
विज्ञप्ति जारी गर्नेमा भुटनीज कम्युनिटी अफ सेन्ट्रल ओहायो (संयुक्त राज्य अमेरिका), भुटनीज वेलफेयर एसोसियसन (युके), ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (द नेदरल्यान्ड्स), सदर्न तस्मनिया इंकको भुटानी सामुदायिक संगठन (अष्ट्रेलिया), भुटनीज कम्युनिटी अफ लेक्सिंगटन, केन्टकी (संयुक्त राज्य अमेरिका), श्री भानु ढुंगाना, का पूर्व अध्यक्ष, भुटानी क्यानेडियन एसोसिएसन (क्यानडा), श्री भोजराज सुब्बा, अध्यक्ष , न्युजिल्याण्डको भुटानी समुदायका (न्युजिल्याण्ड) रडा. गोविन्द रिजाल, भुटानी अध्यता (नेपाल) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ
-
ठमेलका चोकमा सिसी क्यामरा जडान
-
लापरबाहीले मानिसको मृत्यु भएको भन्दै विराटनगर महानगरविरुद्ध प्रदर्शन
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
-
अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड
-
विदेशतिर सर्यो दलहरूको ‘मिसन ०८४’