मिटरब्याज सम्बन्धी कानुनले विकृति फैलायो : सांसद सिंह
बुधबार, १७ जेठ २०८०, १६ : १४

जनकपुरधाम । मधेस प्रदेशका सांसद सरोजकुमार सिंहले सरकारले ल्याएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनले समाजमा विकृति फैलिएको बताएका छन् ।
बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनले छलफलै नगरी फास्ट ट्र«याकको माध्यमबाट ल्याइएको (मिटरब्याज सम्बन्धी कानुनले समाजलाई विभाजित गरेको बताएका हुन् ।
सांसद सिंहले संघ सरकारले सामाजिक बन्धन र सद्भावमाथि प्रहार गरिएको आरोप लगाए ।
मुलुकी ऐन र मुलुकी देवानी संहिताले तमसुक वडा कार्यालयमा दर्ता गर्नुपर्ने स्पष्ट रहेको भन्दै उनले सरकारले फास्ट ट्रयाकबाट ल्याएको अनुचित लेनदेन सम्बन्धी अध्यादेशले समाज विचलित भएको उनले बताए ।
सांसद सिंहले
समाजमा साहु महाजनसँग लेनदेन गरेर आवश्यकताहरू पुरा हुने गरेकोमा सरकारले मिटरब्याज सम्बन्धी कानुन ल्याउँदा निम्न वर्गका व्यक्ति पनि अप्ठयारोमा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ