बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालय अन्तर्गतका ९ जना उच्च कर्मचारीको सरुवा

बुधबार, १७ जेठ २०८०, १७ : २२
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय अन्तर्गतका ९ जना उच्च कर्मचारीको सरुवा गरेका छन् । बुधवार मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतले ९ जना उच्च कर्मचारीको सरुवा गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि भूमिकाविहीन भई बसेका नारायण ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएको छ । विभागका महानिर्देशक भरत भट्टराईलाई भने राष्ट्रिय औषधि प्रयोगशाला पठाइएको मन्त्रालय निकट स्रोतले जनाएको छ ।

यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा.चुमनलाल दासलाई मन्त्रालयमा तानिएको छ । इडीसीडीको निर्देशकमा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीलाई ल्याइएको छ । उता राष्ट्रिय ट्रमा सेन्टरमा  निमित्त मेसुका रूपमा अर्थोपेडिक सर्जन डा.बद्री रिजाललाई तानिएको हो ।

डा. श्रीप्रसाद अधिकारीलाई परोपकार प्रसूति गृहको निर्देशक बनाइएको छ भने राष्ट्रिय तालिम केन्द्रमा डा.अनुज भट्टचनलाई तानिएको छ । परोपकार प्रसूति गृहका निर्देशक डा.पवनजंग रायामाझी र तालिम केन्द्रका निर्देशक डा.यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप