बीएमसीएको विजयी सुरुआत

काठमाडौँ । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को ‘बी’ टोलीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ बुधबार विजयी सुरुआत गरेको छ । सिनियर छात्रातर्फ पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ ।
जुनियर छात्रमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो । बूढानीलकण्ठ नगरपालिका— २ रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ टोलीले सेन्ट जेभियर्सलाई २४–१७ अंकले पराजित ग¥यो । विजयी टोलीका लागि सुजन तामाङले १४ अंक जोडे ।
सिनियर छात्रमै हिमालयन किङ्डमले मन्जरीलाई २४–१४, सेन्ट जोसेफले मनास्लुलाई ३८–२८ र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४–२५ अंकले हराए । हिमालयनका मिङमारले ११, सेन्ट जोसेफका इशान राईले आठ र स्कोलर्स होमका न्हुजा महर्जनले नौ अंक जोडे ।
बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित उक्त प्रतियोगिताको सिनियर छात्रामा सेन्ट जोसेफले मनास्लुलाई १७–११, बीएमसीएले भद्रकालीलाई १९–१४ र टेरेसाले सेन्ट जेभियर्सलाई १४–१० अंकले पाखा लगाए । सेन्ट जोसेफकी प्रीतिमा गुरुङले ६, बीएमसीएकी लक्ष्मी तामाङले नौ र टेरेसाकी अन्जली श्रेष्ठले पाँच स्कोर गरे ।
जुनियर छात्रमा बीएमसीएले भद्रकालीलाई १७–१३ अंकले पन्छायो । बीएमसीएका सन्देश तामाङले सात अंक बटुले । सेन्ट जोसेफले बीएमसीएलाई १८–११ अंकले पराजित ग¥यो । सेन्ट जोसेफका सन्जोग मगरले ६ स्कोर गरे ।
त्यसअघि प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धवप्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सिनियर छात्रमा २७, सिनियर छात्रामा १६ र जुनियर छात्रमा १० गरी कुल ५३ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्मेटिक सामानको आयातमा बाहिरिन्छ अर्बौं रुपैयाँ
-
भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय
-
राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
-
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय
-
एडम होलिहोक पाकिस्तानी क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक
-
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख १९ हजार नाघ्यो