फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै अदालतमा रिट दर्ता

पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । बुधबार उच्च अदालत पोखरामा अधिवक्ता मनोज घर्ती मगरले परमादेश माग गर्दै रिट गर्दा गरेका हुन् ।
रिटमाथि सुनुवाइ गर्न बिहीबारका लागि पेशी तोकिएको छ । फेवातालको सिरानमा टिपरबाट माटो बोकेर सिमसार र रामसार पुर्ने कार्य रोक्न रिट निवेदनमा माग गरिएको छ । सिमसार पुर्न प्रयोग भइरहेका टिपर र डोजरहरू तत्कालै नियन्त्रणमा लिन अन्तरिम आदेश माग गरिएको हो ।
अधिवक्ता मगरले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी, वन तथा वातावरण मन्त्रालय गण्डकी, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटालाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
‘सिमसार क्षेत्र ह्रास हुँदै जाँदा वातावरणमा प्रतिकूल असर पर्ने, प्रदूषण बढ्ने, वर्षामा कमी हुँदा राज्यले विश्व समुदायसँग गरेको प्रतिबद्धता पूरा नहुने, वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकोले अन्तर्राष्ट्रिय रूपमा सूचिकृत सिमसार क्षेत्र फेवातालको अहित हुने र वातावरण एवं जैविक विविधतामा असर पार्ने काम भइरहेको छ,’ रिटमा उल्लेख छ ।
सर्वोच्च अदालतको आदेश विपरीत फेवातालको सिमसार क्षेत्र पुर्ने काम भइरहेका रिटमा उल्लेख छ । ‘दिनहुँ साँझ पर्नासाथ दर्जनौँ टिपरमा माटो ओसारेर ताल छेउको होचो जमिन उकास्ने र सम्म्याउने काम भइरहेको छ,’ निवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ
-
जाजरकोटमा भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सिंहको परिवारलाई दाबी भुक्तानी
-
प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता
-
कान्तिपुर शीर्ष स्थानमा
-
अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली
-
टाटा गाडीका मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना