सेभियाले उचाल्यो युरोपा लिगको उपाधि

काठमाडौँ । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि चुमेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले उपाधि जीत हासिल गरेको हो ।
बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो ।
ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो । यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो ।
सो खेलको ३५औं मिनेटमा पाउलो डिबालाको गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि कतैबाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १–० अन्तरमा रहन पुग्यो ।
दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ को अवस्थामा आयो । तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १–१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गोल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो ।
यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन: ओली
-
एमालेको मध्य पहाडी संकल्पयात्रा : मङ्सिर २१ गते पोखरा आइपुग्ने
-
अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्त्विक मूर्ति
-
कालीगण्डकी करिडोर : बागलुङ–हर्मिचौर खण्डको काम सुस्त
-
मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत
-
गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका