वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
बिहीबार, १८ जेठ २०८०, ०८ : २४

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो । वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको तिवारीले जानकारी दिए। हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ । वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिङ गर्नुअघि न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले बलमा र्याल दलेपछि
-
साधारण सदस्यसमेत नरहने गरी लोसपाबाट निलम्बनमा परे जय निशान्त
-
श्री एयरलाइन्सले आजदेखि सुरु गर्यो काठमाडौँ–सुर्खेत नियमित उडान
-
१० विधामा अवार्ड प्रदान गर्दै सकियो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड
-
मादीमा अस्पताल सञ्चालन
-
‘तिम्रो मनमा लुकेको कुरा’ मा भुवन र शर्मिलाको अभिनय