सार्वजनिक कार्यक्रममै नवल र प्रदीपबीच चर्काचर्की

काठमाडौँ । नेपालका फिल्मकर्मीको सार्वजनिक कार्यक्रममा एक अर्कोसँग चर्काचर्की परेको अचेल धेरै देख्न पाइन्छ । बिहीबार चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको ‘बजेटमा चलचित्र उद्योग’ नाममा अन्तरक्रियामा पनि दुई चलचित्रकर्मीको चर्काचर्कीले मुख्य विषय नै ओझेल पार्यो ।
कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्का र चलचित्र सङ्घका पूर्व अध्यक्ष तथा हल व्यवसायी प्रदीपकुमार उदयबीच चर्काचर्की परेको हो । कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा निर्माता सङ्घका अध्यक्ष खड्काले सबै वितरकले ३० लाखमा किनेको फिल्मको सोहीअनुसार भन्सार नतिर्ने र टेबलमुनिबाट काम हुने गरेको बताएका थिए । उनको भनाइप्रति उदयले आपत्ति जनाएपछि चर्काचर्की परेको थियो ।
उक्त अवसरमा सरकारले विदेशी फिल्म आयातका लागि १ प्रतिशत भन्सार लगाएर नेपाली फिल्ममाथि खेलबाड गरेको आरोप निर्माता खड्काले लगाएका थिए । उनले १ प्रतिशत भन्सार लगाउनुपर्ने कारण के हो ? सरकारलाई प्रश्न गरे । नवलले भने– ‘खेलाडीहरूलाई करोडौं रुपैयाँ दिन सक्ने सरकारले फिल्म क्षेत्रलाई १–२ करोड पनि दिन नसक्ने किन ?’
कार्यक्रममा चलचित्र सङ्घका पूर्व अध्यक्ष उदय नवलको कुरामा आपत्ति जनाउँदै चर्किए । उनले नवललाई आफ्नो संस्थाका सदस्यहरूलाई विना प्रमाण आरोप नलगाउन नमिल्ने भन्दै चेतावनी दिए । उनले निर्माताहरुले पनि कमाई अनुसारको भन्सार नतिरेको प्रमाण देखाउन चेतावनी दिए ।
नवल र उदयले अन्तरक्रियाको मुख्य विषयबाट पर हटेर एक अर्कालाई आरोप लगाउन थालेपछि कार्यक्रम सञ्चालकले बीचमै रोक्नुपरेको थियो ।
कार्यक्रममा नवलले उठाएको विषय अनावश्यक समेत रहेको धारणा उदयले राखेका थिए । थुप्रै फिल्म क्षेत्रका सङ्घ–संस्था उपस्थित कार्यक्रममा अधिकांशले सरकारले फिल्मकर्मीलाई उपेक्षा गरेको धारणा राखे । उनीहरुले बजेटमा फिल्मकर्मीको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा
-
अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ
-
ठमेलका चोकमा सिसी क्यामरा जडान
-
लापरबाहीले मानिसको मृत्यु भएको भन्दै विराटनगर महानगरविरुद्ध प्रदर्शन
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
-
अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड