अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ
शुक्रबार, १९ जेठ २०८०, १२ : ४६
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । धनुषा जनकपुर उपमहानगरपालिका(१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ८ हजार ७ सय अमेरिकी डलर बरामद भएको छ ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैङ्लोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
-
अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड
-
विदेशतिर सर्यो दलहरूको ‘मिसन ०८४’
-
जसपामा गठन भएको समानान्तर कमिटी अवैधानिक, विवाद बारे छानबिन सुरु
-
एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी
-
कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक