पत्नीको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ गरे दान

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।
शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका हुन् । उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ ।
विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएका हुन् ।
महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।
पत्नीको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ गरे दानhttps://t.co/xXYVnZVnvZ pic.twitter.com/9GLeh84SgD
— RatoPati (@Rato_pati) June 2, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टाइगर उड्स भन्छन्, ‘हारको स्वाद नचाखेसम्म सन्न्यास लिने कुरै आउँदैन’
-
हमासद्वारा दुई विदेशीसहित थप १२ जना बन्धक रिहा
-
एमाले मधेस प्रदेश : लखन दासलाई हटाएर महतोलाई किन बनाइयो सचेतक ?
-
हालान्डको रेकर्ड, दुई गोलले पछि परेको स्थिति उल्टायो सिटीले
-
हटाइएका कर्णालीका उपसचिव शाहीले शंकर पोखरेललाई दिए यस्तो चेतावनी
-
कविता : भूकम्पको त्रास