‘पाटा’को वार्षिक सम्मेलन सम्पन्न

पोखरा । ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभेन्चर ट्राभल मार्ट पोखरामा शुक्रबार सम्पन्न भएको छ ।
चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा छलफलमा आर्थिक विकासको दिगो पर्यटन आजको आवश्यकता भएकोमा विज्ञहरुले जोड दिए ।
सम्मेलनले बदलिँदो परिवेशमा पर्यटन विकास र प्रवर्द्धनको लागि डिजिटल प्रविधि सँगैसँगै लैजानुपर्ने निष्कर्ष निकालेको छ । विश्व पर्यटन बिस्तारै कोभिड अघिको लयमा फर्किन थालपनि पर्यटनले आर्थिक मन्दिको असर व्यहोरिएको सहभागीहरुको भनाइ थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेशनलको मुख्य आयोजना एवं पोखरा महानगरपािलका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६देखि पोखरामा मार्ट सुरु भएको थियो ।
नेपालमा पहिलोपटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको आयोजकको विश्वास छ ।
सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित २५० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा मालदिभका पर्यटन मन्त्री अब्दुल्ला मासुमसहित विभिन्न देशका पर्यटन विज्ञ प्रोफेसरहरु पनि सहभागी थिए । जसले पर्यटनका विधि आयामबारे धारणा राखेका थिए ।
सम्मेलनमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फेन्स, पाटा मार्ट बिटुबी, युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाट लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको समापनमा पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थित रुपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेकोमा बधाई दिए । ‘यो सम्मेलनले नेपाललाई सुन्दर,सुरक्षित र साहसिक पर्यटनको गन्तव्यका रुपमा चिनाउन सघाउ पुग्नेछ,’ उनले भने ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यले अन्तरराष्ट्रियस्तरको यो कार्यक्रम आयोजनाले पोखरासँगै समग्र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्यहरुका बीचमा भएको छलफल अन्तत्र्रिmयासहितको पाटा मार्टले कोभिडपछि लयमा फर्किँदै गरेको पर्यटनमा नयाँ आयाम थप्ने बताए । कार्यक्रमको गत मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद