प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी पुग्यो ८ करोड
शुक्रबार, १९ जेठ २०८०, २० : ०५

काठमाडौँ । लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार नवौँ साधारणसभा सम्पन्न गरेको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति लगायतका साधारण प्रस्तावहरू पारित गरेको छ । यसै गरी कम्पनीको मर्जर एक्वीजिसन गर्न बोर्डलाई अनुमति दिने, पुँजी वृद्धि गर्ने, नियामक निकाय धितोपत्र बोर्डबाट कर्पोरेट एडभाइजरी, प्राइभेट इक्वीटी, अन्डर राइटर, इस्यु मेनेजरको कारोबार गर्न अनुमतिका लागि आवेदन गर्ने, लगायतका विशेष प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलु र प्याजमा भ्याट व्यवसायीले गरे कारोबार ठप्प
-
‘माउन्टेनियरिङ स्टडी’मा युवा आकर्षण
-
सामुदायिक विद्यालयले विद्यार्थी खाजाको रकममा अनियमितता गरेको महानगर प्रमुखको आरोप
-
अस्थायी सरकार निर्माण र गोलमेल सम्मेलन सम्बन्धमा वैद्यको पार्टीले अन्तरक्रिया गर्दै
-
'एनसेलको शेयर खरिद बिक्री प्रकरणको अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ'
-
पोखरा थन्डर्स शीर्ष स्थानमा