प्रधानसेनापतिद्वारा काजी वंशराज पाँडे सत्तल उद्घाटन

काठमाडौँ । नेपाली सेनाको ‘क्युआइपी’ अन्तर्गत उपत्यका पृतना हेटक्याटरले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित मनकामना मन्दिर परिसरमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।
श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको अगुवाइमा नेपाल एकीकरण अभियानअन्तर्गत कीर्तिपुरको लडाइँमा विसं १८१४ ज्येष्ठ १९ गते वीरगती प्राप्त गर्नुभएका काजी कालु पाँडेको स्मृति दिवसको अवसरमा प्रधान सेनापतिले सोही स्थानमा रहेको उहाँको स्मारकमा माल्यार्पण पनि भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीबृन्द, अधिकृत, स्थानीय जनप्रतिनिधिका साथै काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारीको उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र जन्ते बाख्रोको नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक
-
पवनदीप राजनको स्वास्थ्यमा सुधार
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा