पश्चिम नवलपरासीका एसपी ४ महिनामै फेरिए
शुक्रबार, १९ जेठ २०८०, २१ : १७

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीमा कार्यरत एसपी विनोद सिलवाललाई जिम्मेवारीबाट हटाएको हो ।
पश्चिम नवलपरासीमा प्रहरी उपरिक्षक काजीकुमार आचार्यलाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिलवाल माघ अन्तिम साता पश्चिम नवलपरासी गएका थिए । प्रहरी प्रधान कार्यालयले उनलाई ४ महिनामै प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा काज सरुवा गरेको छ ।
काजीकुमार आचार्य प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन