बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा ५ सय किलोवाट क्षमताको सोलर प्लान्ट सञ्चालनमा

शनिबार, २० जेठ २०८०, ०८ : ५६
शनिबार, २० जेठ २०८०

बुटवल ।  नवलपरासीमा रहेको राज ब्रुअरीले उद्योगमा प्लान्ट जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारणलाइन जोडेर सोलर प्लान्ट रुफटप  परियोजना सञ्चालनमा ल्याएको छ । राज ब्रुअरीले सोलर प्लान्टबाट उत्पादन भएको ऊर्जाले आफ्नो उद्योग सञ्चालन गर्ने र  बढी भएको ऊर्जा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिडमा जडान  गरिएको छ । 

उक्त कम्पनीले सिम्पल ईनर्जीसँगको सहकार्यमा उद्योगमा सोलर प्लान्ट रुपटप परियोजना निर्माण गरेको गरी  नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिडमा समेत जडान गरेको जनाएको छ ।  कम्पनीले   ५००  किलोवाटको सोलर परियोजनाले वार्षिक ८४४ मेगावाट आवर स्वच्छ ऊर्जा  उत्पादन गर्ने  जनाएको छ ।

सोलर रुफटप परियोजनाको आज जिल्ला समन्वय समिति संयोजक रुदल यादव, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जाउला खेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह र कम्पनी ईन्फ्राको एशियाकी चिफ एक्जुकेटिभ अफिसर कलाउदिनी लिमले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

 उद्योगलाई आवश्यक पर्ने ऊर्जाको व्यवस्थापन सोलर प्लान्टबाट गर्ने र कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको उद्योग सञ्चालक जाउला खेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक शशिन जोशीले बताए ।  नेपालमा ब्रुअरी उद्योगले यति ठुलो सोलर प्लान्ट लगाएर ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नु महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ  छ । 

कम्पनी ईन्फ्राको एशियाकी चिफ एक्जुकेटिभ अफिसर कलाउदिनी लिमले ऊर्जा क्षेत्रमा यो प्लान्ट महत्त्वपूर्ण रहेको जनाइन् । उनले वातावरण जोगाउन धेरै कम्पनीहरूले यस्ता प्लान्ट लगाउनु जरुरी रहेको बताइन् । जाउला खेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले उद्योगलाई आवश्यक पर्ने ऊर्जाको व्यवस्थापन सोलर रुफटपवाट गर्ने र कार्बन फुटप्रिन्ट घटाउनु जिम्मेवार संस्थाको जिम्मेवारी भएको उल्लेख गरेका छन् । 

सोलर प्लान्ट रुफटप निर्माता कम्पनी सिम्पल ईनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले स्वच्छ ऊर्जा र नाफासँगै राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा महत्त्वपूर्णै योगदान दिने  बताए । ऊर्जा उत्पादनका लागि अत्याधुनिक १ हजार २१० वटा प्यानल जडान गरिएको सोलर प्लान्ट परियोजनाको क्षमता दैनिक ५ सय किलोवाट ऊर्जा उत्पादन गर्ने रहेको न्यौपानेले बताए । 

कम्पनीका अनुसार प्लान्टबाट वार्षिक ८४० मेघावाट स्वच्छ ऊर्जा उत्पादन हुनेछ । ३ अर्ब ५० करोड रुपैयाँ लगानी भएको राज ब्रुअरीमा करोड लगानीमा सोलर पलान्ट जडान गरिएको हो । प्लान्टबाट २५० किलोवाट ऊर्जा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा पठाउन सकिने छ । प्लान्टले लोडसेडिङका बेला डिजेल प्रयोग गरी जटेनेर चलाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने छ । जसले गर्दा वार्षिक रूपमा ३९ टन कार्बन रिडक्सन गर्न सहयोग पुग्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप