बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओटीटीपछि ‘सिर्फ एक बन्दा काफी है’ हलमा रिलिज, यस्तो गर्ने पहिलो चलचित्र

शनिबार, २० जेठ २०८०, १२ : ५५
शनिबार, २० जेठ २०८०

मुम्बई । मनोज बाजपेयीको फिल्म ‘सिर्फ एक बन्दा काफी है’ पनि हलमा रिलिज भएको छ । ओटीटीपछि हलमा रिलिज हुने यो पहिलो फिल्म हो । फिल्म मे २३ मा स्ट्रिमिङ सुरु भएको थियो । सामाजिक सञ्जाल तथा अन्य माध्यममा फिल्मको बारेमा निकै राम्रो प्रतिक्रिया आइरहेको छ ।

चलचित्रलाई हलमा रिलिज गर्ने कुरा निर्माताहरुले लामो समयदेखि गर्दै आएका थिए । अहिले यो फिल्म दिल्ली, मुम्बई र युपीलगायत देशका पाँच राज्यमा रिलिज भएको छ । मनोज बाजपेयीले चलचित्र हलमा रिलिज गर्न जनताको धेरै माग रहेको भन्दै उनीहरुको भावनाको कदर गरिएको बताए ।

मनोज बाजपेयीलाई सोधिएको थियो कि ओटीटीमा आएपछि किन कोही फिल्मलाई थिएटरमा हेर्न चाहन्छन् ? जवाफमा हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भने, ‘सिनेमा हलमा रिलिज हुनुले सन्देश दिन्छ । सामाजिक सञ्जालमा हलमा फिल्म रिलिजको माग गरिएको थियो । उनीहरू यसलाई ठुलो पर्दामा हेर्न चाहन्थे। अब हामी उनीहरूलाई ठुलो पर्दाको चलचित्रको आनन्द लिने मौका दिइरहेका छौँ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप