शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर पास भएपछि रामजी रामले भने– ‘अब बिरामीको दुःखमा पास हुनुछ’

शनिबार, २० जेठ २०८०, १५ : ४६
शनिबार, २० जेठ २०८०

काठमाडौँ । चर्चामा रहेका रौतहटका रामजी राम अन्ततः डाक्टर बनेका छन् । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रामजी डाक्टर बनेका हुन् ।  उनले आफुले लाइसेन्स परीक्षामा पास भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।  

‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्यन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरु, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरुहरु, बिरामीहरु, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु’ उनले लेखेका छन् ।  आजदेखि अधिकारिक रुपले सिकेको चिकित्साशास्त्रको गुणहरुको अभ्यास गर्न पाउने अनुमति पाएकोले बताएका छन् । 

अब आफु बिरामीका दुःखहरूले लिने परीक्षामा पास हुनुपर्ने बताए । पैसाको अभावले उनले परीक्षाको अन्तिम समयसम्म निकै संघर्ष गरेका थिए । परीक्षा दिन गएका बेला शुल्क नतिरेको भन्दै कलेजले पटक पटक परीक्षा हलबाट निकालेको थियो । त्यसपछि उनको शुल्क तिर्नका लागि सहयोग संकलन गरिएको थियो । 
उनले बीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबीबीएस पास गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप