पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ

सिड्नी । अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ । सो लागु पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार मे २४ मा पश्चिमी अस्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै सङ्कटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक बोर्डमा रहेका तीनजना पुरुषले प्रहरीलाई बताएअनुसार उनीहरूले जहाजको इन्जिनमा समस्याको देखेको तर डुङ्गा चलाउने अनुभव नभएको बताएका थिए ।
ती व्यक्तिको शङ्कास्पद गतिविधि देखेपछि प्रहरीले जहाजको निरिक्षणपछि पानीले भरिएको ब्यालास्ट ट्याङ्कीमा २९ वटा शंकास्पद प्याकेज फेला पारेको थियो । ती प्याकेजमा सेतो पाउडरका थुप्रै ब्लक पाइएको र कोकेन जस्तै प्रतीत भएको छ, थप अनुसन्धान जारी छ ।
तीन जनामध्ये दुई जनालाई बुधबार पक्राउ गरी पर्थमा हिरासतमा राकिएको छ भने तेस्रोलाई सिड्नीबाट पक्राउ गरिएको हो । ती आरोपित २१, २५ र २९ वर्षका रहेका छन् । दोषी प्रमाणित भएमा उनीहरुलाई अधिकतम आजीवन कारावासको सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लापरबाहीले मानिसको मृत्यु भएको भन्दै विराटनगर महानगरविरुद्ध प्रदर्शन
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
-
अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड
-
विदेशतिर सर्यो दलहरूको ‘मिसन ०८४’
-
जसपामा गठन भएको समानान्तर कमिटी अवैधानिक, विवाद बारे छानबिन सुरु
-
एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी