सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार र आपत्तिजनक : कमल थापा

शनिबार, २० जेठ २०८०, १७ : ४८
शनिबार, २० जेठ २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्रराष्ट्र  भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भूभाग रहेको समेत बताएका छन् ।

थापाले आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन् - ‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ। यो विषय कूटनीतिक वार्ताबाट टुङ्ग्याउनुपर्छ। संसद्, दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न सकिने खालको गैर जिम्मेवार अभिव्यक्ति दिनु‌ आपत्तिजनक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप