यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
शनिबार, २० जेठ २०८०, १८ : ५२

सुर्खेत । यार्सा टिप्नका लागि डोप्पा पुगेका जाजरकोटका एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेना बस्ने अन्दाजी ३९ वर्षीय जंगबहादुर भुल रहेका छन् । उनी गत वैशाख २२ गते देखिनै यार्सा टिप्न भनि घरबाट निस्किएर डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– ३ टाँस्कीस्थित रहेको थाङबुचे पाटनमा आएको डोल्पा प्रहरीले जनाएको छ ।
शुक्रबार उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । उपचारका लागि डोल्पोबुद्ध गाउँपालिका– १ धोमा ल्याई माउण्टेन स्टार होटलमा राखिएको थियो । स्थानीय स्वास्थ्यकर्मीद्वारा उपचार भैरहेकै अवस्थामा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० लाख पर्यटक भित्र्याउने लक्ष्यनजिक सरकार, नोभेम्बरमा पनि १ लाख भित्रिए
-
बलिङ गर्नुअघि न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले बलमा र्याल दलेपछि
-
साधारण सदस्यसमेत नरहने गरी लोसपाबाट निलम्बनमा परे जय निशान्त
-
श्री एयरलाइन्सले आजदेखि सुरु गर्यो काठमाडौँ–सुर्खेत नियमित उडान
-
१० विधामा अवार्ड प्रदान गर्दै सकियो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड
-
मादीमा अस्पताल सञ्चालन