प्रधानमन्त्रीको भारत भ्रमण
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
शनिबार, २० जेठ २०८०, १९ : ३१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका छन् । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको संकटजस्तो देखिए पनि अहिलेको भ्रममणले विश्वासको नयाँ वातावरण भनेको बताए ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध सुपरहिट बनाउँछौ भनेबाटै पनि त्यसको संकेत देखिएको बताए । उनले भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर
-
गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा : संयुक्त राष्ट्रसङ्घ
-
गहुँको उत्पादन बढे पनि रोकिएन आयात
-
एलपिएल क्रिकेट : आयोजक लिटल फ्लावर पराजित
-
आरती साहको मृत्यु पतिको कर्तव्यबाट भएको रहेछ भनी विश्वास गर्नु पर्ने अवस्था देखियो : सर्वोच्च
-
पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ