बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मैथिली इतिहास, भाषा र सहित्यमाथि ‘विमर्श’ हुने

शनिबार, २० जेठ २०८०, २० : १६
शनिबार, २० जेठ २०८०

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुने भएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाले यही जेठ २६–२८ सम्म तीन दिने ‘विमर्श एक दीप चेतनाक’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले तीन दिनमा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, स्त्री विमर्श, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायतका कार्यक्रममा हुने बताए । कार्यक्रममा सहयोगी संस्था नेपोटिभ टायल्सका सञ्चालक श्यामनाथ झाले करिब रु १२ लाखको लागत अनुमान गरिएको कार्यक्रम कुनै दातृ तथा सहयोगी संस्थाबाट सहयोग नलिई आफ्नो आम्दानीबाट खर्च आयोजना गर्न लागिएको बताए । 

कार्यक्रममा साहित्यकार रमेशरञ्जन झाले विमर्शका माध्यमबाट नेपालीपछि सबैभन्दा बढी बोलिने मैथिली भाषा, यहाँको साहित्य, दर्शन र समकालीन समाजका सिर्जनाका विषयमा एउटा निष्कर्षमा पुग्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यक्रमलाई मैथिली साहित्यको महोत्सवका रूपमा मनाउन सबैलाई सहयोगका लागि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप