टर्कीमा एर्दोगान तेस्रोपटक राष्ट्रपति : शनिवार लिए सपथ

अङ्कारा । टर्कीको राष्ट्रपति रेसेप तैयप एर्दोगानले तेस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन् । टर्कीको आर्थिक सङ्कट चर्किरहेका बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनले टर्कीको उन्नतिको लागि सबै देशबासीको मन जित्नेगरी निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताएका छन् । उनले सपथ ग्रहणपछि पत्रकारसँग भने, “राष्ट्रपतिको रूपमा महान टर्की राष्ट्रको अगाडि म मेरो सम्मान र निष्ठाको कसम खान्छु । राज्यको अस्तित्व र स्वतन्त्रताको रक्षा गर्न मैले सबै शक्तिको साथ काम गर्न र निष्पक्ष रूपमा मेरो कर्तव्य पूरा गर्न लागि पर्नेछु ।”
संसदको उद्घाटनपछि राजधानी अङ्कारास्थित राष्ट्रपतिको कार्यालयमा विश्वका दर्जनौं नेताको सहभागिता भव्य समारोहबीच उनले पदबहाली गरेका हुन् । गत फेब्रुअरीमा गएको विनाशकारी भूकम्पका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको, कोभिड तथा युक्रेन युद्धका कारण व्याप्त वैश्विक आर्थिक सङ्कट र आक्रोशका बाबजुद एर्दोगानले शक्तिशाली विपक्षी गठबन्धनविरुद्ध मे २८ मा भएको निर्वाचनमा विजय हासिल गरेका थिए ।
एर्दोआनले ५२.१८ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका धर्मनिरपेक्षवादी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए । टर्कीका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेताले आफ्नो तेस्रो कार्यकालमा सुस्त अर्थतन्त्र र पश्चिमा मुलुकसँगको तनावलगायत महत्वपूर्ण तात्कालिक चुनौतीको सामना गरेका छन् ।
बीसीए रिसर्चका प्रमुख भूराजनीतिक रणनीतिकार म्याट गर्टकेनले एर्दोगानका चुनौतीबारे भने, ‘भूराजनीतिक दृष्टिकोणबाट हेर्दा यो निर्वाचनले टर्कीको स्वतन्त्र विदेश नीतिको पछिल्लो प्रयासलाई बलियो बनाउनेछ । यो नीतिको उद्देश्य पूर्वीय र निरंकुश राज्यहरूबाट अधिकतम आर्थिक र रणनीतिक लाभ प्राप्त गर्नु हो र अझै पनि पश्चिमी लोकतन्त्रहरूसँगको सम्बन्धमा स्थायी दरार आउनबाट रोक्नु हो ।’
गर्टकेनले भने, ‘पश्चिमा मुलुकसँगको तनाव फेरि बढ्नेछ ।’ देशको आर्थिक समस्याहरूलाई सम्बोधन गर्नु एर्दोगानको पहिलो प्राथमिकता हुनेछ । आंशिक रूपमा विकासलाई प्रोत्साहित गर्न ब्याज दरहरू कटौती गर्ने उहाँको अपरम्परागत नीतिको कारण टर्कीमा मुद्रास्फीति ४३.७० प्रतिशत पुगेको छ । राष्ट्रपति एर्दोगानले शनिबार आफ्नो नयाँ मन्त्रिमण्डलको घोषणा गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन