नुवाकोटे टाइगर हेभी वेट च्याम्पियन

काठमाडौँ । नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गरेका हुन् ।
उपाधिसँगै टाइगरले १ लाख ५५ हजार नगद पुरस्कार पाए । एक साताको अवधिमा टाइगर हेभी वेट च्याम्पियन बनेको दोस्रो पटक हो । टाइगरले जेठ १३ गते सुर्खेतमा भएको रेस्लिङमा पनि उपाधि जितेका थिए ।
नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिता जोखिमपूर्ण मानिएको स्पर्धा हार्ड कोरमा साइनले चट्टानलाई हराउँदै १ लाख २५ हजार नगद पुरस्कार जिते । टुप्पी ग्याङ र एक्स हिरो÷सीजे वर्ल्डबीचको ट्याग टिम म्याचमा एक्स हिरो÷सीजे वर्ल्डले बाजी मारे । एक्स हिरो÷सीजे वर्ल्डले १ लाख नगद पुरस्कार प्राप्त गरे ।
लाइट वेट म्याचमा सुजल च्याम्पियन हुँदै ६५ हजार नगद पुरस्कार हात पारे । उनले कम्ब्याट कर्मालाई पाखा लगाए । महिलाको एक मात्र स्पर्धा लाइट वेट म्याचमा आकृतिले तनुलाई पन्छाइन् । आकृतिले ८० हजार नगद पुरस्कार हात पारिन् ।
विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा, आयोजक नेपाल रिङ रेस्लिङ संघका कार्यवाहक अध्यक्ष योगेश्वर श्रेष्ठ, महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार
-
स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन
-
लामो समयसम्म बिजनेसविहीन सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान
-
शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदार जापान पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
-
पायक पर्ने ठाउँमा पदस्थापनको माग राख्दै दृष्टिविहीन शिक्षिका आमरण अनसनमा
-
परीक्षा अनुत्तीर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो : सचेतक बर्तौला