सदन
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने, राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्बोधन
मंगलबार, २३ जेठ २०८०, ०६ : २०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको थियो ।
यता राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ः११ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राष्ट्रिय विषयमा वक्तव्य दिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्तीका लागि खतरनाक मानिएको उल्कापिण्डको नूमना लिएर फर्कियो नासाको यान
-
पद्मश्री साहित्य पुरस्कार सुवेदी र साधना सम्मान वात्स्यायनलाई प्रदान गर्ने घोषणा
-
शिव परियारको बालश्रमविरुद्धको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक
-
राहत शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने
-
कहिले होला अभिनयमा नीति शाहको डेब्यु ?
-
थप सस्तियो गोलभेँडाको मूल्य, यस्तो छ आज तरकारी मूल्यसूची