राष्ट्र बैंकले पेन्सन कोषको १ अर्ब ४७ करोड निक्षेपमा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ निक्षेपको रूपमा बैंकमा राख्ने भएको छ । बैंकले एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त क, ख र ग वर्गको बैंकलाई आवेदन आह्वान गरेको छ । इच्छुक बैंकले जेठ २५ गते बेलुका ७ बजेसम्म आफूले चाहेको निक्षेप उचित ब्याजदर सहित प्रस्ताव पेस गर्न सक्नेछन् ।
बैंकका अनुसार कूल रकम मध्ये १ अर्ब १६ करोड ६० लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकमा, २२ करोड ५ लाख रुपैयाँ ख वर्गको विकास बैंकमा र ७ करोड ३५ लाख रुपैयाँ ग वर्गको फाइनान्स कम्पनीहरूमा राखिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको सर्त पुरा गरेर निक्षेपका लागि आवेदन दिन सक्नेछन् ।
यस्तो निक्षेपका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा भएको हुनुपर्नेछ भने बैंकको निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।
असार १, २०८० देखि जम्मा गरिने निक्षेप आगामी वर्ष २०८१ असार २ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण