महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला
मङ्गलबार, २३ जेठ २०८०, २० : ०६

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ का मृतक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित ढेकेरीको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । प्रहरीका अनुसार रेग्मी सोमबार बिहान १० बजेदेखि परिवारबाट सम्पर्कविहीन थिए । उनी परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई गरेको खबरअनुसार खोजीकार्य जारी राख्दा उक्त जङ्गलमा आज बिहान ९ बजे जलेको अवस्थामा मृत भेटिएका हुन् ।
रेग्मीको शवलाई परीक्षणका लागि भेरी अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड
-
टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा
-
बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
-
एनसेलको सेयर खरिद बिक्रीबारे अदालतको आदेशदेखि छानबिन समिति गठनसम्म
-
लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी
-
शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा