शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनकोसीमा खसेको सीटीईभीटीको गाडी र दुई जनाको शव भेटियो

मङ्गलबार, २३ जेठ २०८०, २० : २९
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । सुनकोसी नदीमा खसेर बेपत्ता भएको  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी र दुई जनाको शव भेटिएको छ ।  शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई जनाको शव मंगलबार साँझ भेटिएको हो । 

एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पहिचान भने हुन सकेको छैन । सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएको जनाइएको छ ।  

नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो ।

काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा१झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका-९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका-५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप