घुस रकमसहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा
मङ्गलबार, २३ जेठ २०८०, २० : ४५

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा पक्राउ गरेको हो।
घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार विद्यालयबाटै पक्राउ गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ