गाडीको ठक्करबाट काभ्रेमा पैदलयात्रुको मृत्यु
बुधबार, २४ जेठ २०८०, ०८ : १५

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।
गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस
-
पक्राउ पुर्जीको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा संघर्षको घोषणा
-
सुदूरपश्चिममा उत्पादित माछाले ७५ प्रतिशत माग धान्दै
-
माओवादीको विशेष अभियान : उपचारमा सहयोग
-
‘नेपाल–भारत सम्बन्धलाई चीनसँग तुलना गर्न मिल्दैन’
-
सुन तस्करी जाँचबुझ आयोगले लिन थाल्यो प्रतिवादीहरूको बयान