शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

असन्तुष्ट पक्षसँग संवाद गर्न कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन

बुधबार, २४ जेठ २०८०, १२ : २६
बुधबार, २४ जेठ २०८०

विराटनगर । कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद  गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए ।

समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन चर्कारहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप