मैले एमाले छाडेको छैन केही समय बिदामा बसेको छु : मणि थापा

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापाले एमाले पार्टी नछोडेको बताएका छन् । पार्टीमै रहने गरी पत्र लेखेर केही समय बिदा लिएर बसेको थापाले बताए । पहिलोपटक थापाले पार्टीलाई पत्र लेखेर व्यक्तिगत काम गर्न भन्दै बिदा मागेर बसेका हुन् ।
‘मैले केही समय पार्टीबाट बिदा लिएर बसेको छु । तपाईँहरूले जसरी केही समय बिदा लिएर बस्नुहुन्छ नि त्यस्तै मैले एमालेबाट केही दिन बिदा लिएको छु । अरू कुनै पार्टीमा प्रवेश गर्ने भन्ने होइन’ रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘मेरो व्यक्तिगत पढ्ने, लेख्ने, साहित्यका कामहरू छन् त्यसमा व्यस्त हुनलाई केही दिन बिदा लिएको हो ।’
पार्टीलाई पत्र लेखेर बिदा बसेकोलाई राजनीति रूपमा निष्क्रिय हुने भन्ने रूपमा नबुझ्न थापाले आग्रह गरे । आफू निरन्तर सक्रिय भई एमालेमा रहने थापाले बताए ।
बिदा लिएर पुराना स्मरणहरू लेखेर रिभाईभ गर्न लागेको थापाले बताए । ‘मैले एमाले छोडेको छैन । पार्टी छोड्ने कुरा भएन’ उनले भने, ‘मैले काम नसकिँदासम्म बिदा मागेको छु । जहिलेसम्म काम सकिन्छ त्यतिबेलासम्म बिदामा बस्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयका प्रशिक्षार्थीलाई होटेल व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण
-
स्पेक्ट्रलाइटले भन्यो – एनसेलको ८० प्रतिशत सेयर कारोबार मूल्य ४० करोड डलर
-
राष्ट्रिय सूचना आयोगको प्रतिवेदन : ९९.०४ प्रतिशत पुनरावेदनको अन्तिम निर्णय
-
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ : सांसद पौड्याल
-
आजियाटाले वेभसाइटबाट हटायो ‘एनसेल’
-
अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारकाे निर्णय