काठमाडौँमा युवतीको कुटपिट गरी हत्या
बुधबार, २४ जेठ २०८०, १४ : १९

काठमाडौँ । काठमाडौँमा एक जना युवतीको कुटपिट गरी हत्या भएको छ । काठमाडौँ महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको थियो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साधारण सदस्यसमेत नरहने गरी लोसपाबाट निलम्बनमा परे जय निशान्त
-
श्री एयरलाइन्सले आजदेखि सुरु गर्यो काठमाडौँ–सुर्खेत नियमित उडान
-
१० विधामा अवार्ड प्रदान गर्दै सकियो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड
-
मादीमा अस्पताल सञ्चालन
-
‘तिम्रो मनमा लुकेको कुरा’ मा भुवन र शर्मिलाको अभिनय
-
९ हजार भूकम्पपीडितले पाए रु २२ करोड