४१ वर्ष, १६ हजार बिरामीको मुटु रोग निको पारे तर चर्चित कार्डियोलोजिस्टको हृदयाघातका कारण निधन

भारतको जाम नगरस्थित मुटु रोग विशेषज्ञ ४१ वर्षका डाक्टर गौरव गान्धीको हृदयाघातका कारण निधन भएको छ । डा. गान्धी सौराष्ट्रका चर्चित कार्डियोलोजिस्टको रूपमा परिचित थिए । भारतीय मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने गान्धीले आफ्नो मेडिकल करियरको क्रममा १६ हजारभन्दा बढी बिरामीको उपचार गराइसकेका छन् ।
टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टका अनुसार डा. गौरव गान्धीलाई घरबाट अस्पताल जाने तयारी गरिराख्दा हृदयाघात भएको थियो । उनले आफूलाई छाती दुखेको बताएको र त्यति नै बेला उनलाई हृदयाघात भएको जानकारीमा उल्लेख छ । उनलाई तत्काल जी.जी अस्पताल लगिए पनि उनलाई तत्काल मृत घोषित गरियो ।
डा. गान्धीको हृदयाघातका कारण निधन भएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । मुटु रोगका विशेषज्ञ आफै कसरी हृदयाघातको सिकार भए भनेर धेरैले प्रश्न पनि गरिरहेका छन् ।
जानकारीका अनुसार गौरव गान्धीले एमबीबीएस र एमडीको पढाइ जामनगरबाट पूरा गरेका थिए । त्यसपछि उनले अहमदाबादबाट थप पढाई गरे । उनले डिएम कार्डियोलोजीको पढाई अहमदाबादबाट पूरा गरेका थिए । उनले उत्कृष्ट चिकित्सा सेवा र चिकित्सा क्षेत्रमा अनुसन्धानका लागि उनलाई गणतन्त्र दिवसमा पनि सम्मानित गरिइसकेको छ ।
जामनगरका मूल निवासी गौरव गान्धी विवाहित हुन् । उनकी श्रीमती देवांशी एक दन्त चिकित्सक हुन् । उनका १० वर्षकी छोरी र पाँच वर्षका छोरा पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मङ्गलवार मौद्रिक नीति नआउने, कात्तिकको वित्तीय रिपोर्ट कुर्दा ढिलाइ !
-
७ वर्षपछि ‘अभेद्य’मा सहकार्य गर्दै हरि र दीपेश
-
प्रदर्शनको तयारीपछि सिंहदरबार प्रवेशमा चेकजाँच कडाइ
-
टोटनह्यामविरुद्धको खेलमा खेलाडीलाई नियन्त्रण गर्न नसकेको भन्दै सिटीमाथि कारबाही
-
कीर्तिमानी रकममा प्रिमियर लिगको घरेलु टेलिभिजन अधिकार बिक्री
-
‘पानी ट्याङ्की’ युवा समूहको देउसी–भैलोको रकम जाजरकोटका भूकम्पपीडितलाई