अत्तरियामा चिडियाखाना निर्माण गरिने
बुधबार, २४ जेठ २०८०, १६ : ५४

धनगढी । सुदूरपश्चिम सरकारले कैलालीको अत्तरियामा चिडियाखाना निर्माण गर्ने भएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले कैलालीको अत्तरियास्थित कम रुख बिरुवा रहेको स्थानमा वृक्षारोपण गरी प्रदेश स्तरीय चिडियाखाना स्थापना गर्ने बताएका हुन् ।
संघीय सरकारसँगको समन्वयमा चिडियाखाना स्थापना गर्न अगामी आर्थिक वर्षभित्रै क्षेत्र निर्धारण, सीमांकन गरी डीपीआर तयार गरिने र स्थापनाको कार्य प्रारम्भ गरिने बताइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी
-
वन र पर्यटनले समृद्धिको लक्ष्य पुरा गर्न भूमिका निर्वाह गर्ने मुख्यमन्त्री कार्कीको विश्वास
-
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन
-
तीन दिनमै शाहरुखले तोडे प्रभासको कीर्तिमान
-
विदेशको जागिर छाडेर बाख्रा र माहुरी पालन, वार्षिक १५ लाखसम्मको कारोबार
-
सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना