एसईईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन
बुधबार, २४ जेठ २०८०, १८ : २७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआई कक्षा ११ को भर्नासम्बन्धी प्रक्रिया अगाडि नबढाउन विद्यालयहरूलाई निर्देशन दिएको छ ।
केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले त्यस्तो नगर्न भनेको हो ।
एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई परिपत्र गरेको हो ।
महानरगभित्र सञ्चालित केही विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको पाइएको थियो ।
कक्षा १० को नतिजा नआई कक्षा ११ मा भर्नाका लागि प्रक्रिया अगाडि बढाएको खण्डमा कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ