प्रतिनिधिसभा सदस्यको संख्या १६५ बनाउन सांसद देवकोटाको माग
काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा सदस्यको संख्या घटाउन प्रस्ताव गरेका छन् ।
बुधवार बसेको राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्दै उनले प्रतिनिधिसभा धेरै ठूलो भएको र संख्याले पनि व्यवस्थापन गर्न गाह्रो भएको भन्दै संख्या घटाउने गरी संविधान संशोधनको विधि अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।
सांसद देवकोटाले प्रतिनिधिसभा सदस्यको संख्या १६५ मा मात्रै सीमित गर्न सुझाव दिए । उनले बजेट संघीयताको दृष्टिले सन्तोषजनक नरहेको बताए । प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइनु, चिहानमा पुगिसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाउनु गलत रहेको उनले बताए ।
सदस्य देवकोटाले मन्त्रालयको विनियोजन हेर्दा दुई तिहाइभन्दा बढी मन्त्रालयको बजेट केन्द्रीकृत सोच र मानसिकताबाट बनेको पुष्टि हुने बताए ।
(यसअघि फोटो अन्यथा गएकाले क्षमाप्रार्थी छौं )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्त्विक मूर्ति
-
कालीगण्डकी करिडोर : बागलुङ–हर्मिचौर खण्डको काम सुस्त
-
मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत
-
गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका
-
मिचौङ चक्रवात : चेन्नईमा पाँच जनाको मृत्यु, सबै उडान रद्द
-
एनसेल शेयर खरिदबिक्रीको चलखेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)