चार महिनादेखि काठमाडौंमा बन्धक

काठमाडौं । वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन् । सिंगापुर पुयाउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ ।
तिनै ३९ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौंको एक होटलमा बन्धकको अवस्थामा छन् । काठमाडौंको कोटेश्वरस्थित ओल्ड दरबार होटलमा अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका भरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाह बन्धक बनेर रहेका हुन् ।
रोजगारीका लागि आचार्यको प्रतीक्षामा बस्दाबस्दै होटलको बिल बढ्दै जाँदा पैसा तिर्न नसक्दा उनीहरू बन्धक बन्नुपर्ने अवस्थामा पुगेका हुन् । सिंगापुर पठाइदिने बताउँदै पैसा असुलेका आचार्य सम्पर्कविहीन छन् ।
'ऋण खोजेर ल्याएको पैसा लिएर सुजन आचार्य पनि सम्पर्कमा छैनन्,' प्रेम साउदले भने, 'ऋण खोजेको पैसा, होटलमा बस्दा खाएको पैसा तिर्न नसक्दा साहुले पनि बन्धक बनाएको छ । हामी चारजना चार महिनादेखि होटलमै बस्न बाध्य छौं ।ु चार जनाले होटलमा बसेको र खाएको मात्र साढे ४ लाखजति भइसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा