एमालेभित्र माओवादी भँगालो कमजोर

काठमाडौँ । नेकपा एमालेभित्र पूर्व माओवादी भँगालो कमजोर हुन पुगेको छ । एकपछि अर्को गर्दै एमालेमा सहभागी भएका माओवादी धारका नेताहरू पाखा लाग्न थालेपछि उपस्थित कमजोर भएको हो ।
पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरी सकेको छ । पार्टी स्थायी समिति सदस्य प्रभु साहले अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरीसकेका छन् । अर्का स्थायी समिति सदस्य मणि थापा बिदा बस्ने भन्दै पत्र लेखेर विप्लव नेतृत्वको नेकपामा जान छलफल चलाई रहेका छन् ।
पार्टीमा भएका उपाध्यक्ष रामबहादुर थापालाई कुटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र कृषि तथा उद्यमशीलता सम्बन्धी विभागहरू हेर्ने जिम्मेवारी दिएको छ । जुन पार्टीको महत्त्वपूर्ण विभाग मानिँदैन । थापाको जनमत बलियो नभएकाले पार्टीले उनलाई महत्त्व दिएको छैन । पार्टीका औपचारिक कार्यक्रममा पनि उनी कम देखिन्छन् । पार्टी बैठकमा भने नियमित उपस्थित हुने गरेका छन् । उनकी श्रीमती नैनकला थापालाई सांसद बनाएर सान्तोना दिने प्रयास गरिएको छ ।
अर्का पार्टी सचिव लेखराज भट्टलाई कर्णाली प्रदेशको इन्चार्ज बनाएर महत्त्व दिएको छ । उनी चुनावमा पराजित भए पनि पार्टीका महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । पहिला सुदूरपश्चिम प्रदेशका इन्चार्ज थिए भने अहिले कर्णाली प्रदेशको इन्चार्ज बनाएको छ । उनलाई माओवादीमा फर्काउन सुदूरपश्चिमका नेताहरू सक्रिय भई लागे पनि उनले फर्किन मानेका छैनन् ।
माओवादीबाट एमाले सङ्घीय सांसदका पाँच जना र सात प्रदेशबाट १४ जना प्रदेश सांसद प्रवेश गरेका थिए । एमालेले सङ्घीय चुनावमा १० भन्दा बढी माओवादी धारका नेतालाई टिकट दिए पनि रायमाझी र ज्वालाकुमारी साहले मात्रै चुनाव जितेका थिए । रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि साह मात्रै एक्ली हुन पुगेकी छन् । अहिले ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको छ । साह पार्टी छोडिसकेका छन् भने रायमाझी निलम्बनमा परेका छन् । थापा पार्टी छोड्ने तयारीमा छन् ।
अब माओवादी धारबाट एमालेमा २९ जना मात्रै केन्द्रीय सदस्य बाँकी रहने भएका छन् । एमालेभित्र माओवादी धारलाई निरुत्साहित बनाएपछि बिस्तारै कमजोर हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ