संसद बैठक
रवि लामिछानेले गरे संसदमा आत्मआलोचना
बिहीबार, २५ जेठ २०८०, १२ : ४३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए ।
‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भने ।
सोही अवसरमा सांसद लामिछानेले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागि परेको भन्दै दुःख व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एनसेलको शेयर खरिद बिक्री प्रकरणको अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ'
-
पोखरा थन्डर्स शीर्ष स्थानमा
-
‘दुई कदम’को ट्रेलरमा इओन र सिमोनको प्रेममा उतार चढाव
-
मुगु सामूहिक हत्याकाण्डः वीरेन्द्रनगरको बाँस घारीमा फेला पर्यो श्रीदेवीको मोबाइल
-
एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन अर्थ समितिको निर्देशन
-
लोसपाले बोलायो केन्द्रीय समितिको बैठक