गेटामा विश्वविद्यालय माग्दै सरकारविरुद्ध प्रदर्शन, अत्तरिया बजार बन्द

धनगढी । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै गोदावरी नगरपालिकाको अत्तरिया बजार बन्द गराइएको छ । विश्वविद्यालय स्थापनाका लागि बनेको संघर्ष समितिले अत्तरिया बजार बन्द गराएको हो । योसँगै संघर्ष समितिले विहान सरकारविरुद्ध प्रदर्शन समेत गरेको हो ।
बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजेसम्म जारी रहने संघर्ष समितिका सचिव धर्मसिंह कुुँवरले बताए । अत्तरिया बजारमा बिहान बजार खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बजार बन्द गराएका थिए । बन्दकर्ताले बजार बन्द गराए पनि सवारी साधन भने आंशिक रुपमा सञ्चालनमा रहेका छन् । संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरेअनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ ।
सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको अस्पतालमा मात्रै सीमित पारेपछि स्थानीयले संघर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् । यसैबीच संघर्ष समितिको संयोजक लोकराज पाण्डेले राज्यले सुदूरपश्चिमलाई ठग्दै आएको बताए । कुनैपनि राष्ट्रिय गौरवको योजना यहाँ सञ्चालन हुन नसकेको बताउँदै उनले पछिल्लो समय विश्वविद्यालय बनाउने निर्णय गरेपनि प्रष्ठिान बनाउने भनेर हाल सुदूरपश्चिमवासीलाई गुमराहामा पारेको बताए । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
-
अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड
-
विदेशतिर सर्यो दलहरूको ‘मिसन ०८४’
-
जसपामा गठन भएको समानान्तर कमिटी अवैधानिक, विवाद बारे छानबिन सुरु
-
एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी
-
कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक