काठमाडौँ जिल्ला अदालत पुगे कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नियमित अनुगमनका क्रममा काठमाडौँ जिल्ला अदालत पुगेका छन् । बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् । अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की अदालत पुगेको बताइएको छ ।
‘कामु प्रधानन्यायाधीशज्यू अदालतमा आउनुभएको छ । अदालतसँग सम्बन्धित ब्रिफिङ बैठकमा सहभागी हुनुभएको छ। बैठकमा न्यायाधीश न्यौपानेबाहेकका सबै न्यायाधीश सहभागी हुनुहुन्छ’, अदालत स्रोतले भन्यो । शरणार्थी प्रकरणको सनुवाइ जारी रहेकाले न्यायाधीश प्रेमप्रसाद न्यौपाने भने मिटिङमा सहभागी भएनन् ।
कामु प्रधानन्यायाधीश कार्कीले यसअघि उच्च अदालत पाटन, बुधबार ललितपुर जिल्ला अदालत र बिहीबार बिहान भक्तपुर जिल्ला अदालतको निरीक्षण गरेका थिए । सर्वोच्च अदालत स्रोतका अनुसार कार्कीले उच्च अदालत पाटन मातहतका अदालतहरूको निरीक्षण गर्नेछन् । यो नियमित प्रक्रिया भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर
-
गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा : संयुक्त राष्ट्रसङ्घ
-
गहुँको उत्पादन बढे पनि रोकिएन आयात
-
एलपिएल क्रिकेट : आयोजक लिटल फ्लावर पराजित
-
आरती साहको मृत्यु पतिको कर्तव्यबाट भएको रहेछ भनी विश्वास गर्नु पर्ने अवस्था देखियो : सर्वोच्च
-
पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ