भरतपुर महानगरपालिकाद्वारा दूधमा अनुदान अन्तर्गत ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाले बिहीबार दुग्ध कृषकहरूलाई अनुदान हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।
आर्थिक वर्ष ०७९/०८० दुग्ध सहकारीमा आबद्ध कृषकहरुले संकलन गरेको २ करोड ४ लाख लिटरको प्रति लिटर रु ३ रुपैयाँका दरले रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष ०७४/०७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलो पटक अनुदान दिन सुरु गरेको थियो । महानगरपालिकाले ०७४/०७५ बाट २५ पैसाबाट अनुदान दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ८ हजार ७ सय ३५ जनाले अनुदान पाएकोमा चालु आर्थिक वर्षमा ११ हजार ५ सय ३४ जनाले अनुदान लिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी
-
कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक
-
आजमात्र धुम्म हो, भोलिदेखि घाम लाग्छ : मौसमविद्
-
शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा
-
लोकतन्त्रको रक्षार्थ ९ जिल्लामा नागरिक संवाद कार्यक्रम
-
इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन