लहान नगरपालिकाद्वारा किसानलाई परिचयपत्र वितरण

लहान । सिरहाको लहान नगरपालिकाले किसानलाई लक्षित गरी आफ्नो परिचय खुल्ने परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले आज वडा नं १२ बाट वितरण सुरु गरेको हो ।
सरकारले किसानलाई प्रदान गर्ने हरेक सुविधा प्रभावकारीरूपमा वितरण गर्न सहज हुने उद्देश्यले किसान परिचयपत्र वितरण गरिएको नगरप्रमुख महेश चौधरीले बताए । “अब किसानलाई मलखाद वितरण, बीउबिजन, अनुदानमा पारदर्शिता, ऋण लिनलगायत अन्य कार्य गर्नलाई थप सहज हुने विश्वास लिएको छु”, चैधरीले भने, “किसान परिचयपत्रले वास्तविक किसानको पहिचान गरी राहत दिन प्रभावकारी हुनेछ । यसबाट किसानलाई व्यावसायिक बन्न थप मद्दत पुग्नेछ ।”
त्यसैगरी वडाध्यक्ष बद्रीनारायण चौधरीले किसानको हक–अधिकारलाई किसान परिचयपत्रले सुनिश्चित गर्ने बताए । किसान परिचयपत्र क्रमशः सबै वडामा वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिए ।
परिचयपत्रमा सम्पूर्ण किसानको व्यक्तिगत विवरण राखिएको छ । जसमा क्यूआर कोड पनि छ । अनलाइनमा नाम हाल्नेबित्तिकै किसानको सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम
-
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज
-
डोमिनिकाले टी-२० विश्वकपका खेलहरु नखेलाउने भएपछि आईसीसी अप्ठ्यारोमा
-
चिकित्सकको प्रेस्क्रिप्सन बिनाका औषधि बजारमा
-
जाजरकोट स्थलगत : कठिन छ त्रिपालको बसाइ !
-
राष्ट्रिय टोलीमा परेको १० दिनपछि नै वेस्ट इन्डिजका विकेटकिपर डर्विचको सन्न्यास