सर्वदलीय बैठक
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
जिल्ला निर्वाचन कार्यालय खारेजीकाे विषय मुख्य एजेन्डा
शुक्रबार, २६ जेठ २०८०, ०६ : ४५

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो ।
निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतका विषयमा पनि आज छलफल हुने प्रवक्ता पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सिंहको परिवारलाई दाबी भुक्तानी
-
प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता
-
कान्तिपुर शीर्ष स्थानमा
-
अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली
-
टाटा गाडीका मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको अभाव