राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने
शुक्रबार, २६ जेठ २०८०, ०७ : ००

काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ ।
दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए । नेपाली भुमि सट्टापट्टा नितिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ
-
ठमेलका चोकमा सिसी क्यामरा जडान
-
लापरबाहीले मानिसको मृत्यु भएको भन्दै विराटनगर महानगरविरुद्ध प्रदर्शन
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
-
अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड
-
विदेशतिर सर्यो दलहरूको ‘मिसन ०८४’