बैंकमा खाता खोल्दा सेवाग्राहीबाट कुनै सेवा शुल्क लिन नपाइने
काठमाडौँ । केन्द्रीय बैंकले खाता सम्बन्धी जनचेतनामूलक सूचना जारी गरेको छ । बैंकले आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा बैंक तथा वित्तीय संस्थाहरूले कुनै शुल्क लिन नपाउने पुनः अवगत गराएको हो ।
यस्तै, सेवाग्राहीको वित्तीय कारोबारमा बैंक तथा वित्तीय संस्थाबाट जारी हुने चेक (गुड फर पेमेन्ट चेकसमेत), चेकको कारोबार रोक्का गर्दा, ब्यालेन्स सर्टिफिकेशन गर्दा, खाता सञ्चालन गर्दा तथा खाता बन्द गर्दा समेत कुनै शुल्क लिन नपाइने केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी वित्तीय कारोबारको स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम–पासवर्ड हराएमा, २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएस लगायत सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
तथापि, यी उल्लेखित सेवाबाहेकका अन्य सेवाहरूमा भने संस्थाले नै शुल्क तोक्न पाउने बैंकले जनाएको छ । सँगै वित्तीय सेवाको पारदर्शिताको लागि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने प्रावधान रहेकोले यी संस्थाले शुल्क सम्बन्धी विवरण (स्ट्यान्डर्ड ट्यारिफ चार्ज) अनिवार्य रूपमा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने समेत बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण