नेपाल राष्ट्र बैंकद्वारा हवाई टिकटका लागि आवेदन माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता/ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ । बैंकले केन्द्रीय कार्यालयको लागि आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट विक्रेता/ ट्राभल एजेन्सीहरुसँग आवेदन माग गरेको हो ।
उपलब्ध फाराममा तोकिएका योग्यता सहितका कागजातहरु समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ औं दिन (सो दिन सार्वजनिक विदा परेमा तत्पश्चात् कार्यालय खुलेको पहिलो दिन) मित्र बैंकको केन्द्रीय कार्यालय, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको मौजुदा सूची (स्ट्याण्डिङ्ग लिष्ट) मा सूचीकृत भइसक्ने समेत बैंकले आह्वान गरेको छ ।
नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (संशोधन सहित) को विनियम १८ बमोजिम बैंकले बुधबार सूचना प्रकाशित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण