नेपाल फाइनान्स लिमिटेडको साधारणसभा सम्पन्न

काठमाडौं - नेपाल फाइनान्स लिमिटेड(नेफिन्स्को)को संचालक समिति-व्यवस्थापन समूहको विशेष साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाबाट संस्थापक समूहतर्फबाट प्रा. हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागत रत्न कंसाकार संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।
सभाबाट विशेष प्रस्ताव अन्तर्गत वित्त कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुूजी वृद्धि गर्ने र नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पुरा गरी हाल कायम भएको चुक्ता पुँजीमा एक शेयर बराबर एक दशमलब दुइ पाँच कित्ता दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।
यस वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेकोमा नेपाल राष्ट्र बैंकबाट २०७३ मंसिर २३ गते व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा